काठमाडौं। वामपन्थी नेता घनश्याम भूसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।
शुक्रबार नयाँबानेश्वरस्थित एक होटलमा आयोजित कार्यक्रमबीच उनी पार्टी प्रवेश गरेका हुन्।
उनलाई एकीकृत समाजवादीको अध्यक्ष माधवकुर नेपालले पार्टीमा स्वागत गरे।
पार्टी प्रवेशपछि भूसालले ओलीवादका कारण धराशायी बनेको कम्युनिष्ट आन्दोलनलाई समाजवादी पार्टीले अघि बढाउने बताए।
नेकपा एकीकृत समाजवादीमा उनलाई कुन पद दिने भन्नेबारे प्रष्ट भइसकेको छैन।
यसअघि भूसालले पुस २४ गते नेकपा एकीकृत समाजवादी पार्टीको वाम एकता वार्ता समितिलाई पत्र लेख्दै कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव गरेका थिए।
गत निर्वाचनमा नेकपा एमालेले टिकट नदिएपछि मंसिर ४ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। तर उनी एमालेकै उम्मेदवारसँग पराजित भएका थिए।
भूसाल एमाले विभाजन अघि माधव नेपाल निकटकै नेता थिए। तर एमाले विभाजनका क्रममा उनले नेपाललाई साथ दिएका थिएनन्।