पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्।
शुक्रवार प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएका हुन्।
उनको पक्षमा नेकपा एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जना सांसदले मत हालेका छन्। उनको विपक्षमो नेपाली कांग्रेसका २७ सांसदले मतदान गरे।
प्रदेशसभाको अध्यक्षता गरेका एमालेबाटै निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले मतदानमा भाग लिएनन् भने स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) अनुपस्थित रहे।
स्वतन्त्रसहित ३३ सांसदको समर्थनमा अधिकारी पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए।
६० सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि ३१ सांसदको आवश्यक पर्छ।