मकवानपुर। बागमती प्रदेशसभाको सभामुखमा भुवनकुमार पाठक निर्वाचित भएका छन्।
प्रदेशसभामा आज भएको मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार पाठक सभामुख पदमा निर्वाचित भए।
उनले ६२ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवार शिवराज अधिकारीले ३६ मत प्राप्त गरे भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सिर्जना सैजुले तीन मत प्राप्त गरे।
बैठकमा कूल एक सय १० जना सदस्यमध्ये एक सय नौ जना सदस्य उपस्थित थिए।