धनुषा। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार भोजपुरी भाषामा पद तथा गोपनियताको शपथ लिएका छन्।
प्रदेश प्रमुखको कार्यालयमा आज शुक्रबार आयोजित एक समारोहबीच मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त मुख्यमन्त्री यादवलाई शपथ गराए।
मुख्यमन्त्रीले शपथ लिएपश्चात् यादवसँगै तीन जना अन्य मन्त्रीले शपथ लिएका छन्। नेकपा (एमाले) को तर्फबाट एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीको तर्फबाट सञ्जयकुमार यादव र जनमत पार्टीको तर्फबाट बसन्त कुश्वाहाले शपथ लिए। तीनै जनालाई प्रदेश प्रमुख मिश्रले सपथ गराए।
मुख्यमन्त्री यादवले शपथ ग्रहण गरेपश्चात जनकपुरधामको प्रवेशद्वारमा निर्माण गरिएको मधेश आन्दोलनका शहिदहरुप्रति माल्यार्पण गरेपश्चात आजै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गएर पदभार ग्रहण गरेका छन्।