जनकपुरधाम। नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश संसदीय दलको नेतामा भरतप्रसाद साह निर्वाचित भएका छन्।
शुक्रवार भएको निर्वाचनमा उनी अर्का उम्मेदवार युवराज भट्टराईलाई पराजित गर्दै प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएका हुन्।
सहमतिका लागि अधिकतम प्रयास भए पनि अन्ततः निर्वाचत गर्नु परेकामा साहले चार र भट्टराईले तीन मत प्राप्त गरे।
माओवादी केन्द्रबाट मधेस प्रदेशसभामा नौजना सदस्य रहे पनि दुई निलम्बनमा छन्।