मोरङ। प्रदेश १ मा सांसद जीवन आचार्य मन्त्री बनेका छन्।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा आचार्य मन्त्री बनेका हुन्।
आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुन्। आचार्य प्रचण्डकी स्वकीय सचिव रहेकी कान्छी छोरी गंगा दाहालका श्रीमान् हुन्। उनी मोरङ ६(१) बाट माओवादीबाट निर्वाचित भएका थिए।
मुख्यमन्त्री कार्कीले शुक्रबार नै माओवादीबाट तेह्रथुम १(२) बाट निर्वाचित दुर्गाप्रसाद चापागाई र एमालेबाट पूर्वप्रमुख सचेतक तथा सोलुखुम्बु १(२) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरेका छन्।
तर, उनीहरु कसैको पनि जिम्मेवारी भने तोकिएको छैन।