काठमाडौँ । प्रदेश १ र गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नेछन् ।
प्रदेशसभा सचिवालयले मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १२८ को उपनियम (४) बोजिम प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तथा निर्णयार्थ प्रस्तुत हुने कार्यसूची सार्वजनिक गरिसकेको छ ।
यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । प्रदेशसभाअन्तर्गत संसदीय दलको बैठकमा आज दिउँसो ३ बजे विश्वासको मत लिने भएका हुन् ।स्वतन्त्र सांसदसहित ३३ सांसदको समर्थनमा अधिकारी पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।
६० सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि ३१ सांसदको आवश्यक पर्छ ।अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसदको समर्थन थियो ।