कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भोली (शुक्रबार) विश्वासको मत लिने भएका छन् ।
प्रदेशसभाअन्तर्गत संसदीय दलको बैठकमा भोलि ३ बजे विश्वासको मत लिने तयारी भएको सरकारका प्रवक्ता सीता सुन्दासले जानकारी दिइन् ।
स्वतन्त्र सांसदसहित ३३ सांसदको समर्थनमा अधिकारी पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि ३१ सांसदको आवश्यक पर्छ ।अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसदको समर्थन थियो ।