काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित स्वतन्त्र उम्मेदवार शारदा शंकर कलवार नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले कलवारलाई पार्टी प्रवेश गराएका हुन् । एमालेका सचिव रघुवीर महासेठ र प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ताको पहलमा कलवारले एमाले रोजेका हुन् ।
ओली निवास बालकोटमा एक कार्यक्रमका बीच एमाले प्रवेश गरेपछि उनि मधेस सरकारमा मन्त्री बन्ने आशङ्का गरिएको छ ।कलवारको प्रवेशसँगै मधेस प्रदेशमा सिट सङ्ख्या २४ भएको छ । एमाले मधेसमा सबैभन्दा ठूलो दल हो ।