धनगढी । एमाले सुदूरपश्चिममा असन्तुष्टि देखिएको छ । मन्त्री चयनको विषयलाई लिएर एमाले सुदूरपश्चिममा असन्तुष्टि देखिएको हो ।
बिहीबार सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले शपथ लिएका छन्। रावल सँगै माओवादी केन्द्र दलका नेता खगराज भट्ट र एमाले दलको उपनेता सन्तोष थापा शर्माले पनि मन्त्रीमा शपथ खाएका छन्।
एमालेमा डोटीबाट निर्वाचित प्रदेश सांसद चक्र मल्लले मन्त्री बन्ने चाहना राखेका थिए। तर एमालेबाट थापालाई मन्त्री बनाइएपछि मल्ल असन्तुष्ट बनेका हुन्।
मन्त्री नबनेको झोकमा उनी आज सभामुखको निर्वाचनमा सहभागी भएनन्। जसका कारण आज भएको सभामुख निर्वाचन बहुमत पुग्न सकेन । सत्ता गठबन्धनबाट सभामुखका उम्मेदवार भीम बहादुर भण्डारीले २६ मत मात्रै पाए ।
यदी मल्ल आजको मतदानमा सहभागी भएको भए । भण्डारी सभामुख चयन हुने थिए । यस्तै स्वतन्त्र प्रदेश सभा सदस्य डा तारा जोशी अनुपश्चित थिए भने एक मत बदर भएको थियो । अब सभामुखको निर्वाचन भोलि शुक्रवार बिहान ११ बजे हुने छ ।