धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले शपथ लिएका छन्।
मुख्यमन्त्री रावललाई बिहीवार साँझ प्रदेश प्रमुख देवराज जोशीले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको हपथ खुवाए। का हुन्।
मुख्यमन्त्री रावलले अन्य दुई मन्त्रीलाई शपथ लिएका छन्। माओवादी केन्द्रका दलको नेता खगराज भट्ट र एमाले दलको उपनेता सन्तोष थापाले पनि मन्त्रीमा शपथ खाएका छन्। तर, उनीहरुको मन्त्रालय तोकिएको छैन।
भट्ट मुख्यमन्त्रीका दाबेदार थिए। तर, सत्ता गठबन्धनमा भएको बाँडफाँडमा सुदूरपश्चिमको मुख्यमन्त्री एमालेको भागमा परेको छ। त्यहाँ साढे २ वर्षपछि माओवादीले मुख्यमन्त्री पाएमा भट्ट मुख्यमन्त्री बन्नेछन्।