काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बिहीवार बालुवाटारमा भेटवार्ता भएको छ। सो क्रममा संघ र प्रदेशमा मन्त्रिपरिष्द विस्तार, सभामुखको निर्वाचन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल भएको बताइएको छ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि अब मन्त्रिपरिषद विस्तारको तयारी छ। प्रदेशहरुमा पनि मुख्यमन्त्री नियुक्त भए पनि मन्त्रिपरिषद विस्तार भएका छैनन्।
यसअघि बिहीवार दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बस्ने तय भएको थियो। तर, अन्तिममा सत्ता गठबन्धनको बैठक नबसेर प्रचण्ड र ओली मात्रै छलफलमा जुटेका हुन्।
बुधबार साँझ प्रचण्ड ओली निवास बालकोट पुगेका थिए।