काठमाडौं। घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्।
उनी शुक्रवार बानेश्वरको अर्याल होटलमा आयोजित एक कार्यक्रमका बीच एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन्।
प्रवेशपछि उनी समाजवादीको सचिवालयमा बस्ने तय भएको छ।
प्रतिनिधिसभा चुनाव टिकट नपाएपछि उनी स्वतन्त्रबाट तत्कालीन सत्ता गठबन्धनको तर्फबाट चुनाव लडेका थिए। तर, भुसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए।