काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुधवार मुख्यमन्त्रीमा नियुक्त गिरीले बिहीवार दाङको राप्ती उपत्यकास्थित नवनिर्मित प्रदेशसभा भवन परिसरमा प्रदेश प्रमुख अमिक शेरचनसमक्षे शपथ लिएका छन्।
त्यस्तै, एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रका कृष्ण केसी मन्त्री नियुक्त भएका छन्। बिना विभागीय मन्त्री बनेका आचार्य र केसीले पनि आजै शपथ लिएका छन्।