अर्घाखाँची। जिपले ठक्कर दिँदा शीतगङ्गा नगरपालिका–४ का ७० वर्षीय ज्ञानबहादुर नेपालीको मृत्यु भएको हो।
बिहीबार सन्धिखर्क गोरुसिङ्गे सडक खण्डअन्तर्गत भेडामारेबाट अमराईतर्फ आउँदै गरेको लु ३ च ३३२० नम्बरको डबल क्याप जिपले शीतगङ्गा नगरपालिका वडा नम्बर ४ कोप्चेबासमा नेपालीलाई ठक्कर दिएको थियो।
ठक्करपछि टाउको र घुँडामा गहिरो चोट लागेर घाइते नेपालीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो।
ठक्कर दिने गाडी तथा चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।