काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)बीच एकता वार्ता हुँदैछ।
वार्ताका लागि गठन गरेका दुबै पार्टीका कार्यदलले केहीबेरमा सिंहदरबारमा छलफल गर्दैछन्।
जसपाको तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन्।
त्यस्तै, नेकपा (एस)को तर्फबाट वेदुराम भुषाल, डा. विजय पौडेल, गङ्गालाल तुलाधर र प्रकाश ज्वाला छन्।