डोटी । घाँट काट्न गएकी २१ वर्षीया एक युवतीको भीरबाट लडेर मृत्यु भएको छ । डोटीको शिखर नगरपालिका –१ की २१ वर्षीया अमिशा शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिकै जंगलमा घाँस काट्न जाने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीको भनाइ छ । मृत्यु भएकी युवति अमिशा कैलालीकोे धनगढी हसनपुरस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा स्नातक प्रथम बर्षमा अध्ययनरत थिइन्।
जाडो बिदा भएपछि उनी आफ्नो जन्मघर डोटी गएकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।