काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलबीच बधाई साटासाट भएको छ ।
बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री जम्मकट्टेलबीच बधाई साटासाट भएको सचिवालयले जानकारी दिएको छ।उनीहरूबीच बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारबारे र विश्वासको मत लिनेबारे पनि कुराकानी भएको छ।