काठमाडौं । आदिवासी मगर समुदायले पनि संघीय राजधानी काठमाडौंमा ३ दिने माघेसकराती राष्ट्रिय चाड मनाउने तयारी गरेको छ ।
नेपाल मगर संघले काठमाडौंको टुँडिखेलमा पुस २९, ३० र माघ १ गते माघेसकराती राष्ट्रिय चाड शुभकामना आदानप्रदान तथा मगर मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सव मनाउने तयारी पूरा भएको नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले जानकारी दिए ।
उनका अनुसार मौलिक संस्कृतिलाई थप प्रवद्धन गर्न माघे सकरातीलाई राष्ट्रिय सूचीमा चिनाउने गरी विश्वभर फैलाउन महोत्सवको रुपमा मनाउन लागिएको हो ।