काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रनिर्माणमा पृथ्वीनारायण शाहबाट भएको भूमिका बारेमा कसैले विवाद गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
तीन सय एकऔँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा आज यहाँ आयोजित चियापान कार्यक्रममा उनले राज्य विस्तारकै क्रममा वस्तुगत तहमा नेपालको भूभागको पुनः एकीकरण उनीमार्फत भएको उल्लेख गरे ।
उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘पृथ्वीनारायणको योगदानलाई सम्मान गर्दै सरकारले आजको दिनलाई बिदा दिने कार्यले ऐतिहासिक महत्त्व स्थापित भएको छ ।’नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पृथ्वीनारायणको योगदानका विषयमा कुनै विवाद नै नरहेको टिप्पणी गरे ।