धनगढी। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
उनलाई बुधबार प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनले बुधवार दिउँसो प्रदेश प्रमुख जोशीसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
उनलाई समर्थन उनको पार्टी एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाका २९ सांसदको समर्थन रहेको छ।
रावल एमाले पोलिटब्युरो सदस्य एवं सुदुरपश्चिम प्रदेश सहइन्चार्ज हुन्। उक्त प्रदेशमा एमाले र माओवादी आलोपालो मुख्यमन्त्री बन्ने सहमति बनेको छ।

यसअघि बुधबार नै मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका सरोजकुमार यादव, लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरी र कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन्।