सुर्खेत। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन्।
उनलाई बुधबार प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।
उनले यसअघि माओवादी, एमाले, राप्रपा, एकीकृत समाजवादी गरि २५ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख परियारसमक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए।
४० सदस्य रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ सांसद चाहिन्छ।
रुकुम पश्चिम प्रदेशसभा (२) बाट निर्वाचित शर्मा माआवादी पोलिटब्यूरो सदस्य समेत हुन्।
कर्णालीमा माओवादी र एमालेबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको छ।
यसअघि बुधबार नै मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका सरोजकुमार यादव र एमालेका लीला गिरी लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन्।
त्यस्तै, नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।