धनगढी। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।
उनले बुधवार दिउँसो प्रदेश प्रमुख देवराज जोशीसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।उनलाई समर्थन उनको पार्टी एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाका २९ सांसदको समर्थन रहेको छ।
रावल एमाले पोलिटब्युरो सदस्य एवं सुदुरपश्चिम प्रदेश सहइन्चार्ज हुन्। उक्त प्रदेशमा एमाले र माओवादी आलोपालो मुख्यमन्त्री बन्ने सहमति बनेको छ।
यसअघि बुधबार नै मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका सरोजकुमार यादव र एमालेका लीला गिरी लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन्।