काठमाडौं। नेकपा एमाले प्रदेश संसदीय दलका नेता लीला गिरी लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
बुधबार उनलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। त्यसअघि उनले प्रदेश प्रमुख शेरचन समक्ष ७ दलका ५८ सांसद समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसद भए वहुमत पुग्छ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको बहुमतीय सरकार गठनका लागि पुस २७ गते ४ बजेसम्मको समय सीमा तोकेर पुस २१ गते दलहरूलाई आह्वान गरेका थिए।