काठमाडौं। नेकपा एमाले प्रदेश संसदीय दलका नेता लीला गिरीले लुम्बिनीको मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन्।
बुधबार उनले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका हुन्।
उनलाई ७ दलका ५८ सांसद समर्थन छ। ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसद भए वहुमत पुग्छ ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको बहुमतीय सरकार गठनका लागि पुस २७ गते ४ बजेसम्मको समय सीमा तोकेर पुस २१ गते दलहरूलाई आह्वान गरेका थिए।
प्रदेश प्रमुख शेरचनले आजै गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ।