काठमाडौँ । ‘मेड इन नेपाल एक्स्पो २०७९’ आजदेखि सुरु भएको छ । नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा चितवन महोत्सव परिसरमा एक्स्पोको आयोजना गरिएको हो ।
एक्स्पोको मङ्गलबार भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरे ।एक्स्पोमा ४० वटा स्टल रहेका छन् । दश वटा स्टार्ट अप बिजनेशका स्टल रहेका छन् । भर्खरै उद्यमशील बनेका युवाहरूबीच ‘बिजनेश आइडिया’को विषयमा मञ्चले प्रतिस्पर्धा गराउँदैछ ।
उत्कृष्ट हुनेले नगद रु एक लाख पुरस्कार पाउने छ ।एक्स्पोको उद्घाटन कार्यक्रममा उपप्रमुख अधिकारीले नेपाली उत्पादनको प्रवर्द्धनका लागि एक्स्पोले सहयोग पुग्ने बताए ।