काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन्।
मंगलवार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका हुन्। २७० सांसद उपस्थित भएकोमा उनको पक्षमा २६८ र विपक्षमा २ मत खसेको छ।
प्रचण्डले विश्वासको मत लिँदा चार जना सांसदको भने मत आएन। ज्येष्ठ सदस्य सांसद पशुपति शमशेर जबरासँगै सांसद मनोरमा शेरचन, किशोरसिंह राठौर, अम्बिका बस्नेत संसदमा उपस्थित थिएनन्।