काठमाडौं। प्रतिनिधि सभामा सभामुख चयनका लागि माघ ५ गते निर्वाचन हुने भएको छ।
प्रतिनिधि सभाको जेष्ठ सदस्य पशुपति शमशेर जबराले मंगलबारको बैठकमा सभामुखको निर्वाचन माघ ५ गते हुने जानकारी दिए।
त्यसका लागि माघ ३ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्न जबराले संसद् सचिवालयलाई निर्देशन दिएका छन्।
प्रतिनिधि सभाको अर्को बैठक सभामुखको निर्वाचनका लागि माघ ५ गते बिहान ११ गते बस्नेछ।