काठमाडौं। प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयले एमाले अध्यक्ष केपी ओली सशंकित भएका छन्।
आज प्रधानमनत्री प्रचण्डले विश्वासको मत लिने क्रममा प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा ओलीले कांग्रेसको निर्णयप्रति सशंकितपूर्ण अभिव्यक्ति दिए।
साथै, उनले विश्वसाको मत कुनै फाइदाका लागि दिएको हो भने त्यो सफल हुन नदिने कांग्रेसलाई चेतावनी पनि दिए।
उनले भनेः
यस समर्थनभित्र सदाशयताबाहेक अन्य कुरा छैन भन्ने विश्वास छ। यदि यो समर्थन कुनै जाल होइन भने यो समर्थन ढोक्सा होइन भने स्वागतयोग्य छ। ढोक्सा हो भने भन्न चाहान्छु, जाल हो भने भन्न चाहान्छु माछा नभएको नदीमा जाल फ्याँकेको छ। यसभित्र भोलिका निम्ती अरु खालको विशेष आग्रह सोचिएको छ भने ढोक्सा रित्तै हुने छ। त्यो ढोक्सा थापिएको खोला वा खोल्सीबाट कुनै माछा बग्ने छैनन्।
ओलीले कांग्रेस सभापति शेरबहादुर देउवानै संसद विघटनको गुरू रहेको आरोप लगाए। राजनीतिक घटनाक्रमलाई आफू अनुकुल व्याख्या गर्न नहुने ओलीको भनाइ छ।
उनले भने, ‘१५ सालमा बनेको संसदलाई १७ सालमा विघटन गर्ने राजा महेन्द्र हुन् होइन। २०४८ को संसदलाई विघटन गरेर ०५१ मा मध्यावधि गर्ने कांग्रेस हो म होइन। गुरूजी, आफूले कति पटक संसद विघटन गरियो। मेरा मित्रलाई म भन्न चाहन्छु २०५८ साल असारमा संसद विघटन गरेको तपाईंले होइन।’