चितवन। भरतपुर महानगरपालिका–२९ मा श्रीमान् श्रीमती मृतावस्थामा फेला परेका छन्।
भरतपुर महानगरपालिका–२९ लमजुङ्गे टोलमा बस्ने २२ वर्षीय प्रेम राना मगर आफ्नै घरको कोठाको बलोमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका छन्।
उनकी श्रीमती २१ वर्षीया शान्ति भनिने बुद्धिमाया राना मगर घरबाहिर आँगनमा रहेको अँगेनाको छेउमा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृतक बुद्धिमायाको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ।