धनगढी। भारतमा भएको बस दुर्घटनामा परेर कैलाली र कञ्चनपुरका थप दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीकाअनुसार कञ्चनपुरको कृष्णपुरका ३५ वर्षीय दिपक सुनार र कैलालीको टीकापुरका ३५ वर्षीय हरी साउदको मृत्यु भएको हो।
उनीहरुको उपचारका क्रममा भारतीय अस्पतालमा मृत्यु भएको प्रशासनले जनाएको छ। यसअघि दुर्घटनामा परेर कैलालीको टीकापुरका तीन जनाको मृत्यु भएको थियो।
भारतको गुजरातबाट लखनउतर्फ आइरहेको बस लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो।