काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ।
कांग्रेसले कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो।
सहमहामन्त्री महेन्द्र यादवले अहिले वर्तमान संविधानको रक्षाका लागि यो सरकारलाई विश्वासको मत दिने निर्णय गरिएको जानकारी दिए। तर, कांग्रेस सरकारमा सहभागी नभएर प्रतिपक्षमा बस्नेछ।
त्यसपछि बसेको संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णयलाई अनुमोदन गरेको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र बलबहादुर केसीले यो निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।
मंगलबार दिउँसो १ बज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ।