काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ।
प्रतिनिधिसभाको बैठक बस्नुअघि बसेको संसदीय दलको बैठकमा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेका छन्।
सो पार्टीले यसअघि विश्वासको मतबारे निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिएको थियो।
७ दलको समर्थनमा पुस १० गते प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन्।