काठमाडौं । प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि तय गरिएको बैठक सारिएको छ । आजै दिउँसो १ बजे बस्ने गरी बैठकको समय सारिएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
बैठकबाट विश्वासको मतबारे निर्णय गरिने नेताहरूले बताएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदै छन् ।
