काठमाडौँ । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास सुरु भएको छ। छाउनीस्थित महावीर योजना तथा समन्वय महाशाखामा सोमबारदेखि दुई देशका सेनाबीच ‘अभ्यास टीक नेल २३–३०११’ सुरु भएको हो।
आगामी माघ २० गतेसम्म सञ्चालन हुने उक्त अभ्यासमा उच्च कोण उद्धार, लडाइँ खोज र उद्धार, विमान उद्धार, उच्च उचाइरअल्पाइन उद्धार र स्विफ्ट जल उद्धारजस्ता विषयहरू समावेश छन्। छाउनी र नगरकोट इलाकामा सञ्चालन हुने अभ्यासको यो १२औं संस्करण हो।
विशेष फौज बाहिनीपति सहायकरथी भुवन खत्रीको उपस्थितिमा सुरु भएको संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका ४५ जना तथा अमेरिकी सेनाका १९ जनाको सहभागिता रहेको छ।
संयुक्त अभ्यासबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजमा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धारसम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धिमा सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ ।