काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयता मन्त्री र सांसद उत्पादन गर्ने कारखाना सावित भएको बताएका छन्।
प्रतिनिधिसभा बैठकमा दलको नेताको हैसियतले सोमबार सम्बोधन गर्दै अध्यक्ष केसीले सो कुरा बताएका हुन्। सङ्घीयताले देशको विकासभन्दा दलका नेता, मन्त्री, सांसदको विकास गरेको चर्चा गर्दै अध्यक्ष केसीले देशको विकासका लागि सबै इमानदार नहुँदासम्म देश नबन्ने उनले बताए।
दलका नेताहरुको ध्यान देश बनाउनेभन्दा सत्ता, मन्त्रीतर्फ केन्द्रित रहेको उनले टिप्पणी गरे। मुलुकमा सङ्घीयता, लोकतान्त्रिक गणतान्त्रमक व्यवस्था आउँदासमेत दैनिक हजारौं युवा विदेश गइरहेको चर्चा गर्दै अध्यक्ष केसीले गणतन्त्रमा युवाहरु बाहिर जानु दुःखद भएको बताए।
जनताको अपेक्षा पूरा गर्नकै लागि गणतान्त्रिक व्यवस्था मुलुकमा ल्याइए पनि जनताले न्याय नपाएको उनको भनाइ छ।
देश र जनताको भविष्यप्रति दलका नेताहरु गम्भीर नहुँदासम्म मुलुकमा वास्तविक परिवर्तन सम्भव नहुने भन्दै उनले मुलुकमा तिथि बसाल्न सकेमात्र समस्या समाधान हुने बताए।