काठमाडौं। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि दल र विचारलाई निषेध गरेर जाने छुट कसैलाई नभएको बताएका छन्। मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताए ।
अध्यक्ष लिङ्देनले जनताले एउटा राजनीतिक दलमाथि पूर्ण रुपमा विश्वास गर्न नसकेको र सबै दल र विचारलाई मिलेर अघि बढ्न जनादेश दिएको बताए।
उनले भने, ‘कुनै पनि राजनीतकि दल एक्लै अगाडि जान सक्दैनौं। कुनै पनि दल र विचारलाई निषेध गरेर जान सक्दैनौ। सबै दल र सबै विचार मिलेर मात्र यो देशको निकास हुन सक्छ। समस्याको समाधान हुन सक्छ भन्ने जनादेश छ।’
आफ्नो पार्टी राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहको मुद्दामा दृढताका साथ उभिने अध्यक्ष लिङ्देनले बताए।
राप्रपाले प्राप्त जनादेशअनुसरा राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहको मुद्धामा दृढताको साथ उभिने बताए। राप्रपा मुलुकको अस्थिरको कारक नबन्ने प्रष्ट पारे।