काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनेमा ढुक्क भएको बताएका छन्।
सोमबार प्रतिनिधि सभा सदस्यको बैठकमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनेमा ढुक्क भएको बताएका हुन्।
देशले नयाँ परिवर्तन खोजेको संकेत चुनाव अघि नै गरेको पनि उनले बताए। यो सरकारको गठनबाट पनि नयाँ परिवर्तन आएको देखिएको उनले बताए।
पार्टीहरू थुप्रै भएपनि जनताले परिवर्तनको अपेक्षा राखेकाले नयाँ पार्टीको उदय भएको उनले बताए।
उनले अहिलेको परिस्थिति सहज नभएको बताए। उनले भने, ‘अनेक चुनौंती छन्। पहिलो पटक राजश्व ऋणात्मक भएको छ। त्यसैले यी चुनौतीलाई चिर्दै सरकारले अघि बढ्नुछ।’
ओलीले महँगी बढ्दो भएकाले जनजीवन कष्टकर बनिरहेको बताए। सबै कुराको सकारात्मक समाधन खोज्न र त्यसबाट अघि बढ्नुपर्ने बताए।
ओलीले जनतालाई परिवर्तनको अपेक्षा र आकांक्षा रहेकाले सोअनुसार यो सरकार र संसद्सामु जिम्मेवारी रहेको बताए।