काठमाडौं। भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना हुँदा ३ जना नेपालीको मृत्यु भएको छ।
मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ का ५५ वर्षका चन्द्र साउँद, सोही ठाउँका ४५ वर्षका ललित साउँद र सोही ठाउँकै २० वर्षकी निर्मला बोहरा रहेका छन्।
दुर्घटनामा भारतीय नागरिक बस चालकको पनि मृत्यु भएको छ। उनको सनाखत हुन सकेको छैन।
सो दुर्घटनामा परेर घाईते भएका टीकापुर नगरपालिका–१ का ३५ वर्षका हरि साउँदको अवस्था गम्भीर, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका २५ वर्षका दिपक सुनारको अवस्था मध्यम र अन्य सात जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।