मोरङ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शपथ ग्रहण गर्ने भएका छन् । उनलाई आज दिउँसो २ बजे प्रदेश प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराउने तयारी गरेका छन् ।
कार्कीसँगै अन्य ४ जना मन्त्रीले समेत शपथ ग्रहण गर्ने तयारी गरिएको छ । नवनियुक्त मुख्यमन्त्रीले ५ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।