काठमाडौँ । विन्दु रावलको कप्तानीमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताका लागि टोलीको घोषणा गरेको छ ।सुदूरपश्चिम प्रदेश क्रिकेट संघले रावलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
नवौं राष्ट्रिय खेलकुदमा पुलिस टोलीबाट खेलेका कविता कुँवर,सम्झना खड्का,ईश्वरी बिष्ट,कविता कुँवर,रेवती धामीले सुदूरको टोलीमा पुनरागमन गरेका छन् । आगामी पुस २९ गतेबाट ईटहरीमा आयोजना हुने यस प्रतियोगितामा सुदुरको पहिलो खेल उद्घाटनको दिन नै बागमती प्रदेशविरुद्ध रहेको छ।
प्रतियोगिताको ७ माघमा फाईनल खेल रहेको छ ।प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०र२० हजार पाउनेछन् । प्रतियोगितामा प्रत्येक खेलका 'प्लेयर अफ द म्याच'ले ३ हजार प्राप्त गर्नेछन् ।
पुस २९ बाट सुरु हुने यस प्रतियोगितामा ८ टोलीको सहभागीता रहने छ । प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय टोलीको सहभागीता रहने छ । जनता क्रिकेट पार्कमा हुने यस प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गराईएको छ ।२ समूहका विजेता र उपविजेता सेमिफाईनल प्रवेश गर्ने छन् । प्रतियोगितामा १८ खेल आयोजना हुने छन् ।
