काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको छ। क्यानले १४ जनवरी सम्ममा आवेदन पठाउने मिति तय गरेको छ।
क्यानले मुख्य प्रशिक्षक बन्नका लागि कम्तिमा ५ वर्षको प्रशिक्षण अनुभव हुनु पर्ने जनाएको छ। उसले फुल, एसोसिएटेड, फस्ट क्लास टिम समालेको अनुभव हुनु पर्ने जनाएको छ। उसले तलब सुविधा भने आपसि समझदारीमा तय गरिने जनाएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टिम पछिल्लो समय मुख्य प्रशिक्षक बिहिन रहेको छ। पछिल्लो समय एकपछि अर्को प्रशिक्षक भएपनि नेपाली राष्ट्रिय टिममा अनुभवि र लामो समय सम्मका लागि प्रशिक्षक नहुँदा एकदिवसिय मान्यता गुम्ने अवस्थामा नेपाल पुगेको छ।
