काठमाडौं। सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
केहीबेरअघि बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ।
बैठकमा सोमबारदेखि सुरु हुने संसद बैठक, प्रधानमन्त्री प्रचण्डले मंगलवार लिने विश्वासको मत, न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने, प्रदेश सरकार गठनलगायतका विषयमा छलफल भइरहेको छ।
प्रदेश १ मा एमालेका हिक्मत कार्की नियुक्त भइसकेका छन्। आजको बैठकले अन्य ६ प्रदेशको भागबण्डा टुंग्याउने तयारी छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी छन्।