काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परिक्षण उडान हुँदैछ। रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले बिहान ११ बजे परिक्षण उडान गर्न लागेको हो।
जहाज काठमाडौँबाट गुल्मी पुग्न करिब ५० मिनेटको समय लाग्ने छ। यसैबिच रेसुङ्गा नगरपालिकाले विमानस्थलमा आज परीक्षण उडान हुने भएकोले सार्वजनिक बिदा दिएको छ।
प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले विज्ञप्ति निकालेर पुस २४ गते नगरपालिकाको समन्वयमा रेसुङ्गा विमानस्थलमा परीक्षण उडान हुने भएकोले नगरपालिकाको सेवा प्रवाह बन्द रहने बताएका छन्।
