काठमाडौँ । वाम एकताका लागि माओवादीले पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ । माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टीका तर्फबाट उपाध्यक्ष कृष्ण बहादुर महराको नेतृत्वमा टोली गठन गरेको हो ।
वाम एकताकाको पहलका लागि पार्टीका महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिजामणि पोखरेल, जनार्दन शर्मा र शक्ति बहादुर बस्नेत पाँच सदस्यीय वार्ता टोलीमा रहेका छन् ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत प्राप्त गर्नको लागि प्रतिनिधि सभामा रहेका स्वतन्त्र सांसदलाई पार्टीका तर्फबाट आह्वान गर्ने निर्णय गरेको छ ।
