काठमाडौं । नेपाली काँग्रेसका नेता एवं जिल्ला समन्वय समिति कैलालीका संयोजक पदम कलेलको निधन भएको छ।
उनको उपचारको क्रममा आज काठमाडौंमा निधन भएको हो। दुई साताअघि उपचारका लागि काठमाडौं गएका कलेलको उपचारका क्रममा आज दिउसो एक बजे बीर अस्पतालमा मृत्यु भएको हो।
कलेजो र दुईवटै मृगौला काम गर्न छोडेको कारण उनको मृत्यु भएको बताईएको छ।