काठमाडौं। कम्बोडियामा आगलागीमा परी मृत्यु भएका झापाका निराकार पाण्डेका बुवासँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेले भेट गरेका छन्।
पाण्डेका बुवा अग्निसँग बिहीवार बिहीबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले भेट गरेका हुन्।
प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरे।
प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरे।
प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
पाण्डेको गत बिहीवार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएको थियो।
सम्बन्धित समाचारः
आगलागीपछि १२ औं तलाबाट हाम फालेका नेपालीको मृत्यु, मृत्युअघि परिवारसँग भावुक कुराकानी