पोखरा। नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य मित्रमणी तिमिल्सिनाले पोखरा महानगर र अन्नपूर्ण गाउँपालिकाका केही वडालाई समेटेर अस्पताल बनाउनुपर्ने बताएका छन्।
जनतासँग सांसद कार्यक्रमको अनुसार बिहिबार पोखरा १८ का ४ वुथमा भएको कार्यक्रममा तिमिल्सिनाले सो कुरा बताएका हुन्।
उनले भने, ‘पोखरा महानगरका वडा नम्बर १८ ,२३ र २४ तथा अन्नपूर्ण गाउँपालिकाको १, २ र३ वडालाई समेटिन हिसाबले अस्पताल बनाउनुपर्छ। साधारण उपचारका लागि शहरका अस्पताल जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्छ।’
एमाले महानगर कमिटी सदस्य लक्ष्मण तिमिल्सिनाले पोखरा र समग्र गण्डकी प्रदेशकै गर्वका रुपमा अगाडी बढेको आइटी पार्कलाई समयमा नै निर्माण सम्पन्न गर्न आवश्यक पहल गरिदिन अपील गरे।
कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने पोखरा १८ प्रदेश तर्फ ३(१) पर्छ। जसबाट दामोदर बैरागी प्रतिनिधि सभा सदस्यमा र गणेशमान गुरुङ्ग प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।