सर्लाही। पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
गाउँको भित्री सडक खण्डमा बीआर ०१ बी ५९१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री सोही ठाउँ बस्ने ७५ वर्षीया नथुनी बैठाको मृत्यु भएको हो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बैठाको उपचारका क्रममा गाउँकै एक स्वास्थ्य संस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिइ प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।