काठमाडौं। सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु भएको छ।
बुधवार अपराह्न ५ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठकसुरु भएको छ।
बैठकमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेको प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी, ओली, गृहमन्त्रीसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।
बैठकमा प्रधानमन्त्री प्रचण्डले पुष २६ गते लिने विश्वासको मत, सरकारको न्यूनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तार, सरकारका कामकारवाहीलगायत समसामयिक विषयमा छलफल भइरहेको छ।